२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माइ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सो लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। कम्पनीको सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij