२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

905
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग ग्रह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाइएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij