२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

850
Shares

काठमाडौं – सानिमा माई हाइड्रोपावर लिमिटेडको पुस ८ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस ९ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। कम्पनीको सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij