२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टले लाभांश नदिने

घोराही सिमेन्टले लाभांश नदिने

900
Shares

काठमाडौं –  घोराही सिमेन्ट उद्योग लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरि पुष२७ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो। सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । घोराही सिमेन्टले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij