२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा

1.1K
Shares

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले तिसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सोमबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूूूूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र बोनस शेयर विरतणपछि कम्पनीको चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएका छन्।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij