२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्याेदय वोमी लघुवित्तको साधारणसभा आह्वान

सूर्याेदय वोमी लघुवित्तको साधारणसभा आह्वान

1.5K
Shares

कठमाडौं – सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २८ गते आइतबार तह्रौं वार्षिक साधारणसभा ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij