काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सोमबार काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धाण गर्नेछ भने अन्य आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij