२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमले लाभांश पारित गर्न बोलायो साधारण सभा

नेपाल टेलिकमले लाभांश पारित गर्न बोलायो साधारण सभा

1.3K
Shares

काठमाडौं  – नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij