२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ङादी ग्रुप पावर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

ङादी ग्रुप पावर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

800
Shares

काठमाडौं – ङादी ग्रुप पावर लिमिटेडले पुष २३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद सेयरमा माघ १४ गतेसम्म दिन सकिने छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij