२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान

रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान

720
Shares

काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले  बाह्रौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ४ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले  पुस २९ गते साधारण सभा  काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट महलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij