काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी लिमिटेड (RADHI) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समयाोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६४ रुपैयाँ ८७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, कम्पनीको शेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले पुस १८ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij