काठमाडौं – सिटी होटल लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा कालिमाटी ब्यांक्वेट काठमाडौंमा बिहाज ११ बजे सुरु हुनेछ । यता, कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन । यसर्थ यसपटक सेयरधनीको हात भने खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालनहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गतेसम्म कामय सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।