काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले पुस १८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij