२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल पे इन्स्ट्यान्ट मार्फत नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

नेपाल पे इन्स्ट्यान्ट मार्फत नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

990
Shares

काठमाडौं – डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा लागेको १६ वर्ष पुगेको अवसरमा एनसिएचएलले मोबाइलन नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्ट फन्ड ट्रान्सफर निःशुल्क गरेको छ।

अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्ट आइपिएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टमार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फन्ड ट्रान्स्फर गर्न सक्नेछन्।

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भिपिए) को आधारमा फन्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आइपिएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij