२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोटलर्स नेपाल तराईको साधारणसभा आब्हान

बोटलर्स नेपाल तराईको साधारणसभा आब्हान

975
Shares

काठमाडौं – बोटलर्स नेपाल तराई लिमिटेडले साधारणसभा आब्हान गरेको छ ।  कम्पनिले  पुस २६ गते ३८औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल र्‍याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij