२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५१ .३७ अंकले घट्यो

नेप्से ५१ .३७ अंकले घट्यो

885
Shares

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ५१ .३७ अंकले घटेर २,६३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैंकिङ समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३१ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij