काठमाडौं – नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले पुस २५ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij