२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

890
Shares

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १७ करोड ६ लाख १९ हजार ६९८.२७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने १६ करोड २० लाख ८८ हजार ७१३.३६ रुपैयाँबराबरको बोसन शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ८५ लाख ३० हजार ९४८.९१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij