२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुस ७ गतेदेखि गरिमा समृद्धि योजना निष्कासन हुने

पुस ७ गतेदेखि गरिमा समृद्धि योजना निष्कासन हुने

1.3K
Shares

काठमाडौं – गरिमा समृद्धि योजना पुस ७ गतेदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुला हुने भएको छ। गरिमा विकास बैंक कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब रूपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो।

उक्त योजनामा प्रतिइकाई १० रूपैयाँको दरले आवेदन दिन सकिनेछ। कुल योजनाको आकारमध्ये १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij