काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सवा ३३ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा आज नेप्सेमा स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रो, र गुराँस लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता र गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता बोनस शेयर रहेको छ।
अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज सूचीकृत भएको छ। अघिल्लो वर्ष आर्थिक वर्षमा स्वावलम्बन लघुवित्तले १४.२५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिश र गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij