२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तको लाभांश संशोधन

मिथिला लघुवित्तको लाभांश संशोधन

1.3K
Shares

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

यस अघि १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले अब १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij