काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij