२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै

750
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाबाट विधान संशोधनको प्रस्ताव पारित भएको छ। आज मंगलबार भएको विशेष साधरण सभाले महासंघको जेठ २० गतेको स्थायी समिति र असार २४ गतेको सातौँ कार्यकारिणी समिति बैठकले विधान संशोधनको मस्यौदा सर्वसम्मतरुपमा पारित गरेको थियो। सोही विधान संशोधनको प्रस्ताव विशेष साधरण सभाबाट अनुमोदन भएको हो।

योसँगै अब वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् त्यसपछि भने अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वतस्फूर्त विशेष साधारणसभाबाट विधान संशोधनको प्रस्ताव पारित भएको बताए। उनका अनुसार अब एकजना महिलासहित पाँचजना उपाध्यक्ष हुने छन्। जसमा जिल्ला नगरतर्फ दुई, एशोसिएट एक, वस्तुगत एक र महिला एकजना उपाध्यक्ष हुनेछन्।

साथै महासंघको कार्यकाल दुई वर्षको हुने भएको छ। पारित विधान अनुसार अव कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ। वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षेकार्यकाल लागू हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij