२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओ राणा नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओ राणा नियुक्त

1.3K
Shares

काठमाडौं  – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख -राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले विदेशी नागरिकमात्रै सीईओ हुँदै आएका थिए। हाल बैंकको सीईओमा अनिर्भान घोष दास्तिदार रहेका छन्।

राणालाई बैंकको सीईओमा ४ वर्षका लागि नियुक्त गरिएको छ। उनले आउँदो जनवरी १ देखि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

राणाले बैंकमा सुरुआती अवस्थादेखि नै काम गर्दै आएका थिए। उनले बैंकिङ करिअर ग्रिन्डलेज बैंकबाट सुरु गरेका थिए। पछि यो बैंकलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्राप्ति गरेको थियो।

राणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकका विभिन्न विभागमा बसेर काम गरेका छन्। पछिल्लोपटक सन् २०२२ मा उनी डेपुटी सीईओमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij