२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा माई हाइड्रोपावरकाे लाभांश घाेषणा

सानिमा माई हाइड्रोपावरकाे लाभांश घाेषणा

800
Shares

काठमाडौं – सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij