काठमाडौं – एनआइसी एसिया बैंक र र्याडिसन होटल काठमाडौंबीच बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवा लिँदा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरूमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन्।
आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम एक हजार रूपैयाँको खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड बेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ।
बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरूले सुलभ मूल्यमा पाँचतारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्ने बैंकको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij