काठमाडौं – स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । स्टक ब्रोकर्सको ३० औँ वार्षिकोत्सव साधारणसभापछि शुक्रबार सम्पन्न निर्वाचनमा ४५ मत ल्याउँदै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा अध्यक्षका प्रत्याशी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल विजयी भएका हुन्। ढकालले ४५ मत पाउँदा तिमिल्सिनाले ४३ मत पाएका छन्। ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन्।
यसैगरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन्। यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्स अध्यक्ष थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij