२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको लाभांश घोषणा

छिमेक लघुवित्तको लाभांश घोषणा

755
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij