२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

690
Shares

काठमाडौं – नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij