२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

955
Shares

काठमाडौं – कुमारी बैंकको  करिब साढे २२ लाख कित्ता संस्थापक शेयर आज मंसिर १९ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको २२ लख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा इच्छुक योगय जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पुस ३ गतेसम्म काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij