काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको म्यादसम्म आवेदन प्राप्त नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
शेयरको न्यूनतम मूल्य ४३० रुपैयाँ तोकिएको छ। सो शेयर किन्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij