२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ केवलकारले हकप्रद शेयर निष्काशन गर्ने

सिद्धार्थ केवलकारले हकप्रद शेयर निष्काशन गर्ने

755
Shares

काठमाडौं – सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक शेयरधनीहरुका लागि जारी गर्न लागेको हो।

पुस ४ गतेदेखि कम्पनीले १ बराबर १ दशमलव १२५ को अनुपातमा निष्काशनमा आउन लागेको हकप्रद शेयर खरिदका लागि सम्बन्धित शेयरधनीहरुले माघ ७ गतेसम्म आवेदन पेश गर्नु पर्नेछ।

हकप्रद शेयर खरिका लागि सिद्धार्थ केवलकारको केन्द्रिय कार्यालय बुटवल, रुपन्देहीमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij