२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसीएचएलको डेपुटी सीइओमा नीरज मान सैंजु नियुक्त

एनसीएचएलको डेपुटी सीइओमा नीरज मान सैंजु नियुक्त

1K
Shares

काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का डेपुटी सीईओमा नियुक्त भई आजबाट नीरजमान सैंजूले कार्यभार सम्हालेका छन्। सैंजूसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकलगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो कार्य अनुभव रहेको छ। उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन्।

सैंजूको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्वपूर्ण योग्दान पुग्नेमा कम्पनी विश्वस्त रहेको छ। एनसीएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थालाई एनसीएचएल–ईसीसी, एनसीएचल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस, कनेक्ट आरजीटीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर र ईएफपी सेवा सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। साथै, यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी तथा पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थालगायत १०० भन्दा बढी इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

हाल एनसीएचएलले एनपीएसअन्तर्गत नेसनल कार्ड स्विच र नेपालपे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij