२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज क्यापिटलको १४ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको १४ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

1.1K
Shares

काठमाडौं – लक्ष्मी सनराईज क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभाले १५.७९ प्रतिशत (१५% कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेकाे छ । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराईज क्यापिटलले आफ्नो १४ औं वार्षिक साधारण सभा मंसिर १६ गते,आइतवार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको हाे ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् ७ कराेड ७१ लाख ९४ हजार ७३६ रूपैयाँ ८० पैसा (१५% कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएकाे हाे ।

यसैगरी, आ.व. २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई २०८० पुष २३ गतेबाट संयुक्त कारोवारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ कराेड ८९ लाख रूपैयाँ कायम भएको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएकाे छ ।

यसका साथै, मर्जर पश्चात आ.व. २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत रहेकाे छ ।

तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबै भन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेको छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।

कम्पनीले करिब ७ अर्व बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा २०८१ जेठ २८ मा १ अर्व २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको छ । यस्तै, परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको छ । बाँकि ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरुबाट करिब ४० करोड रूपैयाँ संकलन गरिसकेको, बाँकी रकम चालु आ.व. मा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij