काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडमा रहेको ई-रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा सुस्त घुम्ने रेस्टुरेन्टको विशेषताको अनुभव गर्दै छुट सुविधा पाउने बैंकले जनाएको छ।
यसअघि बैंकले अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र महोत्सव रेस्टुरेन्ट एन्ड बारमा पनि १० प्रतिशत छुट दिने सम्झौता गरेको थियो। त्यस्तै, सोयाछा ट्रेडर्समा १८ प्रतिशतसम्म र अन्नपूणर् केबलकारमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत गरिसकेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायसँग सहकार्य गर्दै विशेष छुट र सुविधा उपलब्ध गराउँदै आएको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुको जीवन रक्षा गर्न ५१ वटा शिशु तताउने उपकरण ९बेबी वार्मर० प्रदान गरेको छ। यसले हरेक वर्ष करिब १ हजार ८८७ नेपाली शिशुको जीवन बचाउन सहयोग पुर्याएको बैंकले बताएको छ। बैंकले आफ्नो खुद नाफाबाट सामाजिक उत्तरदायित्वमा गर्न पर्ने खर्चभन्दा ५० प्रतिशत बढी रकम छुट्याई नागरिकको हितमा कार्य गर्दै आएको जनाएको छ।
बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij