२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिलिभर नेपालद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

युनिलिभर नेपालद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

1.2K
Shares

काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आज बुधवार सूचना जारी गर्दै ३१औं साधारण सभाबाट लाभांश पारित भए बमोजिम आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझ्न आग्रह गरेको हो ।

एक महिनाभित्र सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij