२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा

335
Shares

काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ६ करोड ११ लाख ६० हजार ५८५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३२ लाख १८ हजार ९७८.१६ रुपैयाँ नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १२ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा पुस १२ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij