काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।
आज१६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ । ९ कम्पनिको शेयरमुल्य स्थिर रहेको छ ।
सोमबार ११ उपसूचकमा हरियाली देखिएको हो । आज बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्र्यटन समूहको १.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij