२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

390
Shares

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। सोमबार राजधानीको सुन्धारास्थित धरहरा परिसरमा आयोजित विशेष समारोहकाबीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन्।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए । सगरमाथा आरोहीद्वय निमा शर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा कालपत्थरबाट ल्याएका थिए । कार्यक्रममा निमा र मिङ्मालाई सम्मान गरिएको थियो ।

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij