२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

585
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले सुनको भन्सार दर घटाएपछि तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको हो ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । नयाँ भन्सार दर कार्यान्वयनमा आएपछि सुनचाँदीको मूल्य पनि घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij