काठमाडौं – एशियन हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते आब्हान गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाका लागि गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएका छन्।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ। यसर्थ मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij