काठमाडौं – सरकारले सुनको भन्सार दर घटाएको छ । सुनको २० बाट १० र चाँदीको १५ बाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।आइतबारदेखि नै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ । भारतमा सुनको भन्सार कम रहेको नेपालमा तस्करी बढिरहेको आशंका गर्दै सरकारले भन्सार दर घटाएको हो ।
सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । तर भारतमा भने सरकारले भन्सार दर घटाएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गर्दै अहिले भन्सार दर घटाइएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij