२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1.5K
Shares

काठमाडौं – मितेरी डेभमपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी (१ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ) को ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij