काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीले काल कायम चुक्ता पूँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij