काठमाडौं सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।
५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आज राति पौने १० बजे थाई एयरवेजको जहाजबाट कम्बोडिया प्रस्थान गरेका हुन् । प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल छन् ।
उनी मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणको अवसरमा सभामुख घिमिरेले कम्बोडिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।
कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल मंसिर ११ गते मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij