२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं महानगरले फोहोर गरेको भन्दै एमालेलाई एक लाख जरिवाना

काठमाडौं महानगरले फोहोर गरेको भन्दै एमालेलाई एक लाख जरिवाना

875
Shares

काठमाडौं -काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई जरिवाना गरेको छ। शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij