२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिडी पावरको साधारणसभा सम्पन्न

रिडी पावरको साधारणसभा सम्पन्न

1.1K
Shares

काठमाडौं – रिडी पावर कम्पनी लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सोही सभाले कम्पनीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोशन आवश्यक भएमा सो कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा त्यसको पनि अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सभाले सन्तोष अधिकारीलाई सञ्चालक समिति सदस्यमा अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij