२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हरिभक्त बुढाथोकीको को नयाँ गीत  ‘तिम्रै दर्शन’ सार्वजनिक

हरिभक्त बुढाथोकीको को नयाँ गीत  ‘तिम्रै दर्शन’ सार्वजनिक

640
Shares

 

काठमाडौं  – टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन् भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको छ ।
https://youtu.be/B1lpB9FeRa0
मीन रावलको सम्पादन एवम् कलर रहेको गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij