२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न

955
Shares

काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आव २०८१ र८२ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरु छलफल सहित पारित गरेको छ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोबाइल बैंकिंङ, डेबीट कार्ड, क्यू आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij