२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड इदी मार्दीको लाभांश घोषणा

युनाइटेड इदी मार्दीको लाभांश घोषणा

940
Shares

काठमाडौं – युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पूँज्ीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण तथा हकप्रद जारी गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij